कम्पनीको भाउ घट्दा संस्थापक बाहिरिए
फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वका शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् । हालैका दिनमा उनको कम्पनी मेटाको भाउ ह्वात्तै घटेपछि उनी विश्वका १० धनीको सूचीमा नअटाएका हुन् ।
कम्पनीको नेटवर्थ २ सय बिलियनभन्दा बढीले गुमेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार जुकरबर्ग गत फेब्रुअरी १३ देखि उक्त सूचीबाट बाहिरिएका हुन् । फेब्रुअरी १२ सम्म उनको कुल सम्पत्ति ४२ दशमलव ४ बिलियन डलर कायम छ ।
हाल विश्वका १० धनी व्यक्तिको सूचीमा एलन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट, बिल गेट्स, ल्यारी पेज, वारेन बफेट, सर्गेई ब्रिन, स्टीभ वाल्मर, ल्यारी एलिसन र मुकेश अम्बानी छन् ।
टिप्पणीहरू