मूल्यवृद्धिको विरोधमा गाईघाटमा चक्काजाम

मूल्यवृद्धिको विरोधमा गाईघाटमा चक्काजाम

सगरमाथा राजमार्गको गाईघाट जलजले सडक खण्डमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन उदयपुरको अगुवाइमा पेट्रोलियम पदार्थको मूल्य वृध्दिको विरोधमा एक घण्टा चक्का जाम गरिएको छ । उक्त संगठन नेकपा एकीकृत समाजवादी समर्थित विद्यार्थी संगठन हो ।

सरकारले जनतालाई राहत दिनु पर्नेमा पेट्रोलियम पदार्थको मूल्य बढाएर ढाड सेक्ने काम गरेको संगठनका उदयपुर इञ्चार्ज सुरेश गुप्ताले बताए ।

आज दिउँसो उनीहरुले सवारी चालकहरुलाई विरोधमा साथ दिन आग्रह गर्दै सवारी साधनलाई एक घण्टा ठप्प पारेका हुन् । अवरोधका कारण गन्तव्यमा पुग्न ढिलाइ भएको यात्रुहरुले गुनासो गरेका छन् ।

टिप्पणीहरू