एमसिसीको टाउको दुखाइ,सिंहदरबारमा फेरि जुटे शीर्ष नेता

एमसिसीको टाउको दुखाइ,सिंहदरबारमा फेरि जुटे शीर्ष नेता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको २ नम्बर भवनमा रहेको माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनका पाँचमध्ये तीन वटा दलका अध्यक्षबीच छलफल भएको हो ।

बिहान साढे ११ बजेदेखि भएको उक्त छलफललाई एमसीसी सम्झौताको अनुमोदनको प्रसंगसँग जोडेर हेरिएको छ । माओवादी र एकीकृत समाजवादीले संसदमा टेबल भएको सम्झौता अनुमोदनमा मतदान नगर्ने निर्णय गरेका छन् भने जनता समाजवादीले औपचारिक निर्णय गरिसकेको छैन ।

टिप्पणीहरू