एकै दिन १४ सयभन्दा बढी ड्राइभरमाथि कारबाही
काठमाडौं उपत्यकामा एकै दिन १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका उनीहरुलाई हिजोे उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय २५ जना, मदिरा सेवन गरेर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् ।
ट्राफिक बत्तिको पालना नगर्ने ३८ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ४६ जना, अवस्था ठीक नभएको सवारी साधन चलाउने २५ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
टिप्पणीहरू