१८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने

१८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने

सरकारले ७७ वटै जिल्लामा कोभिड–१९ विरुद्धको बुस्टर डोज प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएर ६ महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने जानकारी गराएको हो ।

केन्द्रका अनुसार सबैलाई उपलब्ध भएसम्म पहिले लगाइएको खोप र उक्त खोप उपलब्ध नभएको खण्डमा अन्य खोपलाई बुस्टर डोजको रूपमा दिइने छ ।

टिप्पणीहरू