कृषि गणनाका लागि ६ हजार कर्मचारी मागियो
राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्याङ विभागले राष्ट्रिय कृषि गणना २०७८ का लागि ६ हजारभन्दा बढी कर्मचारी माग गरेको छ । विभागले एक सूचना जारी गर्दै एक हजार दुई सय ८० सुपरिवेक्षक र पाँच हजार २३ गणक माग गरेको छ ।
सुपरिवेक्षकको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण हुनुपर्ने बताइएको छ । त्यस्तै, गणकको निम्ति प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ ।
साथै, अनलाइन फाराम भर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको लब्धाङपत्र प्रमाणपत्र, तालिम तथा अनुभवको प्रमाणपत्र बुझाउनुपर्नेछ ।
कृषि तथा पशु विज्ञान वा तथ्याङ विषय लिई अध्ययन गरेकालाई विशेष प्राथमिकता दिने विभागले बताएको छ । १८ वर्ष नाघेको र ४५ वर्ष ननाघेकोले दरखास्त दिनसक्ने विभागको भनाइ छ ।
टिप्पणीहरू