बानेश्वरमा हुलदङ्गा रोक्न अढाइ हजार प्रहरी,१४ डिएसपी
महानगरीय प्रहरी कार्यालयले बानेश्वर क्षेत्रमा २४ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ । आज दिउँसो बस्न लागेको प्रतिनिधि सभाको बैठकअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएलगत्तै प्रहरी परिचालन गरिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।
टिप्पणीहरू