बानेश्वरमा जुलुसको ताँती, प्रहरीको कडा सुरक्षा
एमसीसी सम्झौताको बिरोधमा संसद भवन बाहिर जुलुस निकालिएको छ । विभिन्न राजनीतिक दल तथा समूहले आयोजना गरेको जुलुस एभरेष्ट होटल अगाडि रोकिएको छ । प्रहरीको कडा सुरक्षाका कारण जुलसका सहभागीहरुले त्यहीँ नाराबाजी गरेका छन् ।
जुलुसमा राष्ट्रिय झण्डासँगै विभिन्न वामपन्थी दल र नेपाली काँग्रेस (वीपी) को चार तारे झण्डा बोकेका प्रदर्शनकारीको सहभागिता देखिन्छ । उनीहरुले एमसीसी सम्झौतालाई ‘राष्ट्रघाती’ को संज्ञा दिएका छन् ।
टिप्पणीहरू