स्वीकृत नभएको क्यालेण्डर जफत गरिने
नेपाल पञ्चांग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । अन्यथा, ती क्यालेण्डर जफत हुनेबारे समितिले पहिल्यै नै सुसुचित गराएको छ ।
मन्त्रिपरिषद्को अघिल्लो वर्ष पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ ।
टिप्पणीहरू