रुसको नाम नलिई परराष्ट्रले विज्ञप्ति निकाल्यो
नेपालले रुस र युक्रेनबीचको तनाव अन्त्य गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको हो ।
नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह छ ।’
राष्ट्र संघको सदस्यको नाताले नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य मुलुकले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो ।
नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ । कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’
टिप्पणीहरू