सभामुख र कानुनमन्त्री सिंहदरबारमा भेटेपछि संसद बैठक स्थगित
आज दिउँसोका लागि बोलाएको प्रतिनिधिसभाको बैठक पर्सि आइतबार बस्ने गरी सारिएको छ । सरकारको आग्रहमा सभामुखले बैठक स्थगित गर्नुभएको हो ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदरबारस्थित कार्यालयमा पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेपछि आजको बैठक सार्न पर्सिसम्मका लागि स्थगित गरिएको हो ।
‘कानुनमन्त्री बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो । एमसीसी पास गर्न सत्ता गठबन्धनको समर्थन नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्ष एमालेसँगको छलफलमा हुनुहुन्छ ।
टिप्पणीहरू