खाल्डोको पानीमा डुबेर डेढ वर्षका बालक बिते

खाल्डोको पानीमा डुबेर डेढ वर्षका बालक बिते

सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ मा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुने भोक्राहा नरसिङ–७ का शंकर मेहेताका १५ महिने छोरा रोहित मेहेता हुन् ।

बालक मेहेता हिजो बिहान भोक्राहा नरसिङ–१ मा रहेको मावली घरको आँगन छेउमा पानी जमेको खाल्डोमा डुबेका हुन् । उनलाई डुबेर मृत अवस्थामा आमाले फेला पारेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू