मिक्सचर गाडी पल्टिँदा चालक ठहरै

मिक्सचर गाडी पल्टिँदा चालक ठहरै

आज बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने गोरखाको सौरापानीका ३० वर्षीय अर्जुन मगर हुन् ।

बिहान लिखुपिके–५ मा रहेको एमडी दुगड हाईड्रोपावरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको मिक्सचर गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी सडकबाट एक सय मिटर तल झर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

टिप्पणीहरू