पल शाहले आज आत्मसमर्पण गर्ने
नेपाली चलचित्रका नायक पल शाहले आज प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् । एक गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आज आफैँ प्रहरीमा जाने बताएका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’ यसअघि प्रहरीमा उपस्थित हुन् नसकेकोमा माफी माग्दै उनले आफ्नो स्वास्थ्य अवस्था र चलचित्र रिलिज भएका कारण त्यस्तो निर्णय गर्नुपरेको प्रष्टीकरण पनि दिएका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले भनेका छन्।
टिप्पणीहरू