रुसी सेनालाई बेलारसियन सेनाको साथ

रुसी सेनालाई बेलारसियन सेनाको साथ

युक्रेन पसेका रुसी सेनालाई छिमेकी बेलारुसले साथ दिने भएको छ । बेलारुसले रुसी सेनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न तत्परता देखाएको युक्रेनी जासुसी संस्थालाई उधृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

आफ्ना सेनाले रुसलाई आवश्यकताअनुसार साथ दिनसक्ने कुरो बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुहासेन्कोले केही दिनअघि बताएका थिए । रुसले युक्रेनको पश्चिम उत्तरमा रहेको बेलारुसी भूमि प्रयोग गरेर युक्रेनको पश्चिम क्षेत्रमा आक्रमण गरिरहेको छ ।

सिएनएनका अनुसार राजधानी किभमा बेलारुसले समेत हमला गर्नसक्ने आकलन गरिएको छ ।

टिप्पणीहरू