राष्ट्रपति कार्यालयमा २ नयाँ विज्ञ

राष्ट्रपति कार्यालयमा २ नयाँ विज्ञ

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक जनालाई इतिहास तथा पुरातत्व र अर्का एक जनालाई वातावरण विज्ञमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार काठमाडौं महानगरपालिका १५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व विज्ञमा नियुक्त गरिएको छ ।त्यसैगरी काठमाडौं महानगरपालिका ४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्र विज्ञमा नियुक्त गरिएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू