बन्द गराउँदै हिँडेका डेड दर्जन समातिए

बन्द गराउँदै हिँडेका डेड दर्जन समातिए

बुटवलमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका १७ जना बन्दकर्तालाई प्रहरीले पक्रेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको बसपार्क र हस्पिटल लाइनबाट उनीहरूलाई समातिएको हो ।

वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता वासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरालगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । बुटवलमा बन्दको प्रभाव आंशिक रूपमा परेको छ । सार्वजनिक गाडी नचले पनि निजी गाडी निर्वाध रूपमा चलेका छन् ।

टिप्पणीहरू