तोडफोडविरुद्ध एमसीसी
अस्ति नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा एउटा फोटोचाहिँ भयंकरै भाइरल भयो– प्रदर्शनकारीले सडकपेटीमा भर्खरै बिछ्याइएको सिमेन्टको ब्लक झिक्दै गरेको ।
प्रहरीलाई हान्न त्यो ब्लक निकालिएको रहेछ । त्यसले लागेर कति प्रहरी घाइते भए त्यसको हिसाब किताब पछि आउला । तर, फोटो हेर्दा यस्तो लाग्छ कि प्रदर्शनकारी भाइबहिनीहरूले अरूतिर पनि त्यसरी नै ब्लक निकालेको हुनुपर्छ ।
सदनमा एमसीसी भर्खर टेबल भएको छ । छलफल बाँकी नै छ । मतदान पनि बाँकी छ । यसको मतलब सडकपेटीको यस्तो ब्लक निकालिने सम्भावना पनि बाँकी नै छ ।
अब भाइबहिनीहरूले यसरी सडकपेटीका ब्लक झिक्न थाले भने याद गर्नुस्, समस्या झनै थपिनेछ । किनभने अहिले प्रदर्शनकारीले भत्काएको त्यो ब्लक पुनः बनाउन पनि सरकारले एमसीसीसँगै सम्झौता गर्नुपर्ने हुन्छ ।
एउटा एमसीसी सम्झौताको विरोधमा जति पनि तोडफोड भयो नि, त्यसको पुनःमर्मत गर्न पनि एमसीसीसँगै सम्झौता गर्नुबाहेक अर्को उपाय छैन । एमसीसीको विरोधमा तोडफोड गर्ने, अनि त्यो तोडफोडको मर्मत गर्न फेरि एमसीसीबाटै सहयोग लिने !
वाह ! प्याकेज त गजब छ ।
टिप्पणीहरू