बालाजुमा झुक्याउन राखिएको नक्कली बम भेटियो

बालाजुमा झुक्याउन राखिएको नक्कली बम भेटियो

एमसीसी सम्झौता हिजो संसदबाट अनुमोदन भएपछि आज छ वटा वाम घटक र दुई वटा मोर्चाले नेपाल बन्दको आह्वान गरे । सोही क्रममा बिहानैदेखि मुलुकका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परे । नयाँ बानेश्वरको संसद भवन अगाडि, तनहुँ र बनेपामा शंकास्पद वस्तु फेला परेका थिए ।

सोही क्रममा आज दिउँसो काठमाडौंको बालाजुमा पनि शंकास्पद वस्तु भेटिएको छ । भाटभटेनी सुपर मार्केट र वनस्थली चोकको बीचमा उक्त वस्तु फेला परेको प्रहरीले बताएको छ । प्रहरीले दिउँसो तीन बजेको समयमा फेला परेको वस्तु नक्कली बम रहेको उल्लेख गर्दै फोहोर फाल्ने ठाउँमा कागजले बेरेर राखेको अवस्थामा उक्त शंकास्पद वस्तु भेटिएको जानकारी दिएको छ ।

स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोग लिएको थियो । तर उक्त वस्तु बम नभएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जनआस्थालाई बताउनुभयो ।

मिश्रका अनुसार झुक्याउने उद्देश्यले कसैले कागजमा बेरेर तार देखिने गरि राखेको रहेछ । सोही कारण केहीबेर उक्त क्षेत्रमा सर्वसाधारणले तनाव व्यहोर्नु परेको हो ।

टिप्पणीहरू