‘बा’ का काका सोझै शीतल निवासको सल्लाहकार
आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासले दुई जना विज्ञ नियुक्त गरेको जानकारी दिएको छ । त्यसमध्ये वातावरण विज्ञमा काठमाडौं महानगरपालिका–४ स्थायी घर भएका डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।
डा.ओली नाताले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका काका पर्नुहुन्छ । पहिले भतिज प्रधानमन्त्रीले काकालाई राष्ट्रिय योजना आयोगमा लैजानुभएको थियो । त्यसपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त हुनुभयो ।
दुई वटा सरकारी निकायमा नियुक्त ओलीलाई अहिले सोझै शीतल निवासको विज्ञमा नियुक्त गरिएको हो ।
टिप्पणीहरू