एमसीसीका कारण पार्टी कार्यालयहरु तोडफोड,सदरमुकाममा कर्फ्यु
सुर्खेतको सदरमुकाम तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज साँझदेखि भोलि साँझसम्मलाई कर्फ्यु लगाइएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदले पारित गरेको विरोधमा बिहानैदेखि उत्तेजक भीडले तोडफोड र आगजनी गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
बिहानैदेखि धनजनको क्षति गर्ने प्रयास भएको र प्रहरीमाथि ढुंगामुढा गरेपछि आज साँझ साढे ७ बजे बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुर्खेत सदरमुकाममा २४ घण्टे कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा वीरेन्द्रनगरको पूर्वमा धुलियाविट,पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ र दक्षिणमा लाटिकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार,देउती बज्यै एवम् सुब्बाकुनासम्म कर्फ्यु लगाइएको छ ।
टिप्पणीहरू