चैत १५ अघि नै कर्मचारी सारिसक्नुपर्ने

चैत १५ अघि नै कर्मचारी सारिसक्नुपर्ने

निर्वाचन आयोगले आगामी चैत १५ गतेपछि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो ।

आयोगले १५ चैत अगावै संघ,प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तहअनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न भनेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भए सरुवा /पदस्थापन गर्न पनि आयोगको आग्रह छ ।

स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवा /पदस्थापन भएका कर्मचारीलाई स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न आयोगले भनेको छ । अब प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु १५ चैत अगावै स्वीकृत पदको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन गरिसक्नुपर्ने हुन्छ ।

टिप्पणीहरू