कमल थापाका भतिजले लिए राप्रपाको शपथ
राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि आज शपथ लिएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापाले भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।
महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाएका छैनन् ।
कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन् । गत महाधिवेशनवाट प्रतिष्ठा केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
टिप्पणीहरू