१० लाख परिवारले युक्रेन छाडे

१० लाख परिवारले युक्रेन छाडे

रुस युक्रेनबीचको तनाव सुरु भएको एक साता नबित्दै १० लाख युुक्रेनी परिवार विस्थापित भएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार युद्धबाट जोगिन १० लाखभन्दा बढी युक्रेनी छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । रुसले गत बिहीबारदेखि युक्रेनमाथि आक्रमण थालेको हो ।

राष्ट्रसंघीय शरणार्थी नियोगले रुसी आक्रमणका कारण एक करोड २० लाखभन्दा बढी युक्रेनी विस्थापित हुने आकलन गरेको छ । युद्धबाट जोगिन सबैभन्दा धेरै युक्रेनी छिमेकी देश पोल्याण्ड पुगेका छन् । केही रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभासहितका देशमा छिरेका छन् ।

टिप्पणीहरू