टेष्टट्युब बेबीको नाममा लाखौं असुल्ने संस्थालाई दर्ता हुन सरकारको ताकेता

टेष्टट्युब बेबीको नाममा लाखौं असुल्ने संस्थालाई दर्ता हुन सरकारको ताकेता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेष्ट ट्युब बेबी सेन्टर (आईभीएफ) हरुलाई तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ । अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन मन्त्रालयले निर्देशन दिएको हो ।

आईभीएफ सेन्टरहरूलाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा निवेदन दिन भनिएको छ । तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ मा सबै खालका नाफामूलक, गैरनाफामूलक स्वास्थ्य संस्थाहरुले कानुनबमोजिम इजाजतपत्र लिनुपर्ने बाध्यकारी व्यवस्था छ । सोही नियमअनुसार मन्त्रालयले आईभीएफहरुलाई इजाजत लिन भनेको हो ।

टिप्पणीहरू