भोलिदेखि बेइजिङमा प्याराओलम्पिक शुरु हुँदै,हिजो र आज टर्च घुमाइयो

भोलिदेखि बेइजिङमा प्याराओलम्पिक शुरु हुँदै,हिजो र आज टर्च घुमाइयो

चीनको राजधानी बेइजिङमा प्याराओलम्पिक प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको पूर्वार्धमा आज बेइजिङस्थित ओलम्पिक फरेष्ट पार्कमा प्याराओलम्पिक टर्च घुमाइएको छ ।

फरक क्षमताका खेलाडीहरुको उक्त प्रतियोगिताको टर्च दौडमा अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष डुआने कलेलगायतका अधिकारीहरुको सहभागिता थियो । उनीहरुले ३ किलोमिटर क्षेत्रमा टर्च घुमाएका थिए ।

यसअघि हिजो चिनियाँ खेलाडीद्वय चाङ मियाओ र छ चीले राजधानी बेइजिङको सडकमा ह्वील चियरमा बसेर टर्च घुमाएका थिए । उनीहरुले टेम्पल अफ हेभन क्षेत्रमा उक्त टर्च प्रदर्शन गरेका हुन् ।

अघिल्लो महिना बेइजिङले हिउँदे ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेको छ । सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो ।

टिप्पणीहरू