नारायणीमा डुबेर २ जना बालक बिते

नारायणीमा डुबेर २ जना बालक बिते

आज दिउँसो नारायणी नदीको किनारमा दुई बालको डुबेर मृत्यु भएको छ । दिउँसो २ बजेको समयमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको बताइएको छ ।

डुबेर भरतपुर ७ विकास चोक बस्ने विमल गौतमका १० वर्षका छोरा विधान गौतम र नामथर वतन नखुलेको अन्दाजी वर्ष ११ का अर्का बालकको डुबेर निधन भएको हो ।

उनीहरुलाई पानीमा डुबेको अवस्थामा फेला पारी तत्काल स्थानीयको सहयोगमा उपचारको लागि भरतपुर अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

तर दुबै जनालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरिदिएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू