राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठक बिहान सवा १० बजेदेखि शुरु भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिति छ । त्यसैगरी प्रधानसेनापति प्रभुराम शर्मा र मुख्य सचिव शंकरदास बैरागीको पनि बैठकमा उपस्थिति रहेको बालुवाटार स्रोतले बताएको छ ।
टिप्पणीहरू