महामारीमा लगाइएका सबै प्रतिबन्ध हटाइयो
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै लगाइएका सबै खाले प्रतिबन्धहरु हटाइएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले महामारी नियन्त्रणमा मन्त्रिपरिषद् बैठकबाट जारी भएका सबै निर्णय, सिसिएसीको सिफारिस, जोखिम न्यूनीकरणका लागि जारी भएका स्मार्ट लकडाउन सबै प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ ।
जिल्ला प्रशासनले महामारीको जोखिम कम हुँदै गएको बताउँदै यसअघि राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायीकलगायतका क्रियाकलापमा स्वास्थ्य मापदण्डको पालना गरेर नियमित रुपमा सञ्चालन गर्न तथा गराउन भन्दै यसअघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्धारा जारी आदेशमा प्रतिबन्ध हटाइए पनि महामारीविरुद्ध सचेत र सतर्क रहन आग्रह गर्दै आदेशको परिपालना गर्ने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरिएको छ ।
टिप्पणीहरू