पोखरामा फोन सम्पर्कको आधारमा वेश्यावृत्ति मौलाउँदो
पोखरामा पछिल्लो समय वेश्यावृत्ति मौलाएको छ । फोन सम्पर्कको आधारमा महिला र पुरुष भेटाइदिएर मोटो रकम असुल्ने गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मानव बेचबिखन मुद्दामा संलग्न तीन जनालाई हालै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर रातोपहिरो बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६, ठूलीधारा स्थायी ठेगाना भई पोखरा–६ जरेबर बस्ने २२ वर्षीया पूजा थापामगर र बाँके चिसापानी–९, स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी हुन् ।
उनीहरुले लेक साइडमा कोठा भाडामा लिएर फोन सम्पर्कको आधारमा विभिन्न होटलमा महिलाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको प्रहरीको आरोप छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
टिप्पणीहरू