कन्टेनरले ब्याक गरेर मोटरसाइकल किच्यो

कन्टेनरले ब्याक गरेर मोटरसाइकल किच्यो

राजधानीको जडिबुटी नजिकै कोटेश्वरतर्फ गइरहेको कन्टेनरले सोही दिशातर्फ गएको मोटरसाइकललाई ब्याक गरेर किचेको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकल पूर्णरुपले क्षति भएको छ ।

आज दिउँसो मध्यान्ह १२ बजे भएको उक्त दुर्घटनामा बा. प्र ०१००६ ख ३१७९ नम्बरको कन्टेनर ट्रकले बा. ५६ प १५३२ नम्बरको मोटरसाइकललाई ब्याक गरेर ठक्कर दिएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक भोजपुर घर भएका २८ वर्षीय लीला हाङको दुबै गोडामा गम्भीर चोट लागेकाले उपचारको लागि बीएण्डबी हस्पिटल लगिएको छ ।

कन्टेनर र चालकलाई महानगरीय ट्रफिक वृत्त कोटेश्वरको नियन्त्रणमा राखिएको छ । कन्टेनर चालक बाह्रबिसे घर भएका २८ वर्षीय चोकबहादुर थापा रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू