आजभोलिमै केही हुँदैछ ? किन शीतल निवासमा भीआइपीहरुको हुल ?

आजभोलिमै केही हुँदैछ ? किन शीतल निवासमा भीआइपीहरुको हुल ?

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँगै भेटवार्ता गर्नेमा अरु मन्त्री पनि थपिएका छन् ।

दिउँसो २ बजेको हाराहारीमा शीतल निवास छिर्नुभएका प्रधानमन्त्री र प्रधानसेनापतिसँगै गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत हुनुहुन्थ्यो ।

उहाँहरु झण्डै एक घण्टाको भेटवार्तापछि अहिले शीतल निवासबाट बाहिरिनुभएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्री, प्रधानसेनापतिका साथै गृहमन्त्री र सञ्चारमन्त्रीको टोलीले एकै साथ भेट गर्नुलाई राजनीतिक रुपमा केही गम्भीर कुरा पाक्दै गरेको अनुमान लगाइएको छ ।

टिप्पणीहरू