लोहन्द्रामा डुबेर एक युवकको ज्यान गयो

लोहन्द्रामा डुबेर एक युवकको ज्यान गयो

मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शम्भु यादवका १८ वर्षीय छोरा उपेन्द्र यादव हुन् ।

आज दिउँसो माछा मार्न गएका यादव खोलामा डुबेका हुन् । उनलाई पानीमा डुबेको देखेपछि स्थानीयले उपचारको निम्ति कोशी अस्पताल लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू