आज ६८ जना संक्रमित थपिए, २ जना बिते

आज ६८ जना संक्रमित थपिए, २ जना बिते

पछिल्लो २४ घण्टामा देशभर ६८ जना कोरोना संक्रमित फेला परेका छन् । चार हजार नौ सय २९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । सो अवधिमा पाँच सय ३८ जना संक्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाबाट निको हुने निको दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै, देशभर अझै ६ हजार चार सय ६१ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच सय एक रहेको छ । भक्तपुरमा ५७ र ललितपुरमा आठ सय १२ जना सक्रिय संक्रमित छन् । आज दुई जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ४७ पुगेको छ ।

टिप्पणीहरू