३ वर्षको भाका,कहाँ छ सरकारको आँखा ?

३ वर्षको भाका,कहाँ छ सरकारको आँखा ?

रोल्पाको सदरमुकाम लिवाङदेखि दारबोटसम्मको सडक कालोपत्रे गर्ने कार्य पाँच वर्ष बित्दा पनि सकिएको छैन ।

तीन वर्षमा काम सक्ने गरी पाँच वर्षअघि १७ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न २१ करोड ६८ लाख रुपैयाँमा आशिष श्री जयन्ती निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर काम अहिलेसम्म सम्पन्न भएको छैन ।

सडक निर्माणका लागि दुई पटक म्याद थपिए पनि कालोपत्रेको काम ३५ प्रतिशत मात्रै भएको छ । मुख्य ठेकेदारले अन्य ठेकेदारलाई निर्माणको जिम्मेवारी दिएकाले सडक निर्माणको काम अलपत्र परेको हो ।

निर्माण व्यवसायीले ८ करोड रुपैयाँ भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालयले प्युठानले जनाएको छ । कालोपत्रेको काम समयमै नहुँदा सडकमा खाल्डा–खुल्डीले यातायातका साधनलाई आउजाउ गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

टिप्पणीहरू