खोले पकाउने अँगेनोमा माङमुको ज्यान गयो

खोले पकाउने अँगेनोमा माङमुको ज्यान गयो

पाँचथरको फालेलुङ गाउँपालिका ८ का ५० वर्षीय मणिकुमार माङमुको आगोले जलेर ज्यान गएको छ । स्थानीय लालकुमार तामाङकी छोरीको बिहेको निम्तो मान्न गएका माङमको आगोले जलेर मृत्यु भएको हो ।

उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाईको खोले पकाउने अँगेनो नजिकै बसेका उनको ज्यान गएको हो ।

उनको कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

टिप्पणीहरू