अर्नासङ्ग जुध्यो मोटरसाइकल,आठ जना घाइते

अर्नासङ्ग जुध्यो मोटरसाइकल,आठ जना घाइते

सुनसरीमा अर्नासँग मोटरसाइकल ठोकिंदा आठ जना घाइते भएका छन् । हिजो साँझ साढे आठ बजे कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएर सडक पार गर्दै गरेको अर्ना र मोटरसाइकल ठोकिएर उक्त दुर्घटना भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका-४ जुध्दगञ्ज चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल अर्नासँग ठोक्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार अर्नामा ठोक्किएपछि अनियन्त्रित बनेको मोटरसाइकल पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटो टेम्पोमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर अटो चालक सप्तरी घर भएका ३६ वर्षीय सुरेशकुमार यादव,अटोमा सवार १८ वर्षीय शैलेश मण्डल,२२ वर्षीय राजेन्द्र मण्डल,२१ वर्षीय प्रतोश मण्डल, २० वर्षीय ओमप्रकाश मण्डल, १९ वर्षीय जयकरण मण्डल, १० वर्षीय धुरुप मण्डल र मोटरसाइकल चालक १९ वर्षीय रुपेशकुमार मण्डल घाइते भएका थिए ।

सामान्य घाइते भएका उनीहरुमध्ये सात जना उपचारपछि डिस्चार्ज भइसेका छन् भने १० वर्षीय धुरुप मण्डलको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अर्नाको अवस्था पनि सामान्य रहेको र दुर्घटनापश्चात भागेको प्रहरीले जनआस्थालाई बताएको छ ।

टिप्पणीहरू