पल प्रकरणमा एक युट्यूवर समातिए
अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिकाको अश्लिल सामग्री प्रसारण गर्ने एक युट्यूवर समातिएका छन् । प्रहरीको साइबर ब्यूरोले ‘सेलेब नेपाल’ नामक युट्यूब च्यानलका सञ्चालक राहुल थापालाई समातेको हो ।
गुल्मी भनभने-९ स्थायी घर भइ हाल बुटवल-१३ रुपन्देही बस्दै आएका २१ वर्षीय थापालाई प्रहरीले आज पक्रेको हो । उनको युट्यूब च्यानलले पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भ्रामक समाचार सम्प्रेषण गरेको ब्यूरोका प्रवक्ताका नविन्द अर्यालले बताएका छन् ।
उनका अनुसार थापाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिएर अनुसन्धान भईरहेको छ ।
टिप्पणीहरू