को कसलाई भेट्दै छन् फ्रान्सेली पाहुनाले ?

को कसलाई भेट्दै छन् फ्रान्सेली पाहुनाले ?

दोहा हुँदै दिउँसो नेपाल आएको फ्रान्सेली संसदको फ्रान्स–नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वमा उपाध्यक्ष निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियरलगायतको संसदीय टोलीले आज परराष्ट्र मन्त्रीसङ्ग शिष्टाचार भेट गरेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीदेखि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्दैछ । त्यसैगरी निजी क्षेत्रका अगुवासँग पनि भेटघाटको कार्यक्रम रहेको छ ।

नेपाल–फ्रान्स अन्तरसंसदीय समूहको अध्यक्षसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आज आएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा,राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै छ ।

त्यसैगरी ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन,निजी क्षेत्रका प्रतिनिधि र थिङ्क ट्याङ्कहरुसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू