वैद्यका कार्यकर्ताद्वारा शिक्षकलाई जुत्ताको माला

वैद्यका कार्यकर्ताद्वारा शिक्षकलाई जुत्ताको माला

नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले शिक्षकलाई कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने गरेको भन्दै उनीहरुले शिक्षक ताकमान राइलाई आज सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाएका हुन् ।

राई खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक हुन् । सुध्रनका लागि पटक पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको मोहन वैद्य नेतृत्व निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए ।

शिक्षकमाथि दुव्र्यवहार भएको विषयमा जानकारी प्राप्त भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र उक्त जिम्मेवारीबाट हटाइएका हुन् ।

टिप्पणीहरू