३ जना चढेको मोटरसाइकल दुर्घटनामा सबैको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटनामा सबैको मृत्यु

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा सवार तीनै जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षे आरोन गुरुङ हुन् । त्यसैगरी इच्छाकामना–२ का ३४ वर्षीय नवीन गुरुङको पनि घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शव परीक्षणको लागि भरतपुर अस्पतालमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू