युक्रेनी नागरिकलाई घरको ढोका खोलिदिन बेलायत सरकारको आग्रह

युक्रेनी नागरिकलाई घरको ढोका खोलिदिन बेलायत सरकारको आग्रह

रुसको आक्रमणबाट विस्थापित युक्रेनी नागरिकका लागि बेलायत सरकारले बासस्थानको व्यवस्थापन गरेर सहयोग गर्ने भएको छ । बेलायतले युक्रेनी शरणार्थीका लागि होम्स फर युक्रेन अभियान थालेको हो । बेलायतले युक्रेनी शरणार्थीका लागि घरको ढोका खोल्न आफ्ना नागरिकहरुसँग आग्रह गरेको छ । यसबापत बेलायती नागरिकले सरकारबाट मासिक ३ सय ५० पाउण्ड पाउने छन् ।

बेलायत सरकारको ‘होम्स फर युक्रेन’ नीतिअन्र्तगत बेलायती नागरिकलाई आफ्नो घरका खाली कोठा या कोही नबस्ने घरमा युक्रेनीलाई छ महिनाका लागि शरण दिन अपिल गरिएको हो । बेलायती सचिव माइकेल गोभले आवश्यकता परेकालाई सहयोग गर्ने राष्ट्रिय प्रयासमा नागरिकलाई सहभागी हुन आग्रह गरेका हुन् ।

यो अभियान भोलिदेखि कार्यान्वयन हुनेछ । जसमा ‘स्पोन्सर’ ले कुनै पनि युक्रेनी नागरिक वा उसको परिवारलाई आफ्नो घरमा वा छुट्टै कुनै खाली घरमा छ महिनासम्म बस्न दिने छन् । स्पोन्सरले पहिले नै सम्बन्धित व्यक्तिलाई चिनेको हुनुपर्छ भन्ने छैन । कसैले सामाजिक सञ्जालमार्फत मद्धत मागिरहेको व्यक्ति फेला पारेमा उसलाई शरण दिन सक्ने व्यवस्था छ ।

यसका लागि अनलाइन आवेदन उपलब्ध हुनेछ । जसमा स्पोन्सर र शरणार्थी दुवैले सरकारी प्रक्रिया भने पुर्याउनुपर्ने हुन्छ । प्रत्येक स्पोन्सरले ‘धन्यवाद’ स्वरूप हरेक महिना सरकारबाट ३ सय ५० पाउन्ड पाउने छन् । सर्वसाधारणका साथै विभिन्न च्यारिटी संस्था र चर्चले पनि यसरी सहयोग गर्न सक्ने बताइएको छ ।

टिप्पणीहरू