माल्दिभ्समा मास्क लगाउन नपर्ने

माल्दिभ्समा मास्क लगाउन नपर्ने

माल्दिभ्समा अबदेखि कसैले पनि मुखमा मास्क लगाएर हिँड्न नपर्ने भएको छ । त्यहाँको हेल्थ प्रोटेक्शन एजेन्सी (एचपीए) ले मास्क लगाउनुपर्ने प्रावधान हटाएको छ । कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई एचपीएले अन्त्य गरेको हो ।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अस्ति देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको हो ।

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघटमा लगाउनु उचित हुने एचपीएले सल्लाह दिएको छ । अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को संक्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानीस्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने छ ।

कोभिड–१९ महामारीका कारण माल्दिभ्समा सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको थियो ।

टिप्पणीहरू