हतियार बुझाउन तीन साताको म्याद

हतियार बुझाउन तीन साताको म्याद

जिल्ला प्रशासन कार्यालय धादिङले चैत्र २१ गतेभित्र इजाजतप्राप्त हातहतियारहरु समेत बुझाउन अनुरोध गरेको छ ।

प्रशासनले, ‘आगामी स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले इजाजतप्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यलयमा बुझाउन,’ अनुरोध गरेको हो ।

यसरी बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचनपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।साथै, कोही कसैले बिना इजाजतका भरुवा तथा एयरगन राखेको भए त्यस्ता हतियार समेत बुझाउन प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्धारित समयभित्र नबुझाउने व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।

टिप्पणीहरू