भारतीयको मलद्वारमा १ धार्नी सुन

भारतीयको मलद्वारमा १ धार्नी सुन

मलद्वारमा सुन लुकाएर ल्याएका एक जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् । प्रहरीले एक किलो दुई सय ६८ ग्राम सुनसहित उनलाई समातेको हो ।

विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा हुन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो ।

मेहराले मलद्वारभित्र लुकाएर बेलनाको आकार बनाइएको अर्धठोस एक किलो दुई ६८ ग्राम सुन प्रहरीले बरामद गरेको हो । उनलाई कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

टिप्पणीहरू