रुसी खर्बपतिका २ वटा विमान बेलायतद्वारा कब्जा
बेलायतले एकजना रुसी खर्बपतिका दुई वटा निजी जेट विमानलाई कब्जामा लिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका, बेलायतलगायतका पश्चिमा राष्ट्रहरुले रुस उसलाई समर्थन गर्ने विभिन्न व्यक्ति र संस्थाको सम्पत्ति, बैंक ब्यालेन्स रोक्कादेखि व्यवसायमा समेत प्रतिबन्ध लगाउँदै आएका छन् । सोही क्रममा उक्त जेट विमान कब्जा गरिएको हो ।
रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेपछि रुसी खर्बपति युगेन सिबिद्लरको जेट विमान बेलायतले कब्जामा लिएको हो । बेलायती अर्थसचिव ग्रान्ट स्यापले युगेन क्रेमलिनको पक्षमा रहेको आरोप लगाउँदै विमान कब्जा गरेको पुष्टि गरेका छन् ।
ती विमान बेलायतको एउटा विमानस्थलमा केही दिनदेखि ग्राउण्डेड थिए ।
टिप्पणीहरू