कागज नभएर पत्रिका बन्द
श्रीलंकामा विदेशी मुद्रा सञ्चिति घटेर हालसम्मकै न्यून अवस्थामा पुगेकाले न्यूजप्रिन्टको अभाव देखिएको छ । विदेशबाट खरिद गर्नुपर्ने त्यस्तो कागज ल्याउन नसक्दा दुईवटा प्रमुख पत्रिकाले आफ्नो प्रकाशन रोकेका छन् ।
अंग्रेजी दैनिक द आइल्याण्ड र यसको सिस्टर पब्लिकेसन सिंहली पेपर दिवायनाले आफ्नो प्रकाशन स्थगन गरेका हुन् । सरकारले श्रीलंकाली रुपैयाँको अवमूल्यन गरेपछि न्यूजप्रिन्टको आयात लागत ह्वात्तै बढेको छ ।
कोरोना महामारीले श्रीलंकाको पर्यटन र रेमिट्यान्सबाट प्राप्त हुने आम्दानीमा चर्को असर पारेपछि त्यहाँ आर्थिक र वित्तीय संकट शुरु भएको हो ।
टिप्पणीहरू