एनआईसी एशियामा खाता खोल्दा ब्याजबाहेक झण्डै १२ लाखको फाइदा

एनआईसी एशियामा खाता खोल्दा ब्याजबाहेक झण्डै १२ लाखको फाइदा

लामो समयसम्म सुरक्षा सेवामा रही सेवानिवृत्त भएका जनकलाल लिम्बु केही समयदेखि आफ्नो जीवनभरको बचत कुन बैंकमा राख्ने भनेर अन्योलमा थिए । ‘मलाई थुप्रै जनाले फरक–फरक ‘आईडिया’ दिनुभयो । दुई–तीन वटा बैंकमा गएर ती बैंकको ‘अफर’ पनि बुझेँ, अन्तिममा एनआईसी एशिया बैंकको चित्त बुझ्यो,’ लिम्बुले भने ।

‘किन त ?’ उनी आफंैले प्रष्ट पारे, ‘सेवामा रहँदा म लामो समय लेखासम्बन्धी काममा पनि संलग्न थिएँ, एनआईसी एशियाले सञ्चालनमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा उपलब्ध फाइदाहरूको हिसाब हेर्दा यो नै अहिले अन्य वाणिज्य बैंकहरूले दिएका ‘अफर’ मध्ये सर्वाधिक फाइदा भएको खाताको रूपमा देखेँ ।’

ग्राहकले उक्त बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मका तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरि कुल २४ सर्वश्रेष्ठ फाइदा पाउने बैंकले जानकारी दिएको छ । जुन फाइदालाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता खोलेपछि खातावालाले न्यूनतम ११ लाख ७९ हजार रुपैयाँभन्दा बढीको फाइदा प्राप्त गर्न सक्नेछन् । यो नेपालको बैंकिङ क्षेत्रले प्रदान गर्दै आएका निक्षेपमा फाइदामध्येकै सर्वाधिक हो ।

यसको सोझो अर्थ हो– यदि कुनै ग्राहकले एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत गुडविल एम्बेसडर श्रेणीमा खाता खोल्यो भने उसले पाँच वर्षको अवधिमा प्रत्यक्ष रूपमा पाउने ब्याजबाहेक ११ लाख ७९ हजार रुपैयाँभन्दा बढीको फाइदा आर्जन गर्नसक्छ ।बैंकको योजनाअन्तर्गत खातावालाले दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा १० लाखको दुर्घटना बीमा, १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि १० लाखको घातक रोग बीमा र मेडिकल जाँचवापत एक लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सम्मको मेडिकल बीमाको सुविधा पाउँछन् । यो योजनामा खातावाला एवं खातावालाबाट मनोनित अन्य तीन व्यक्तिले प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको बीमा लाभको फाइदा पाउने बैंकले जानकारी दिएको छ । जसको कुल मौद्रिक गणना ८४ लाख रुपैयाँ सम्मको फाइदा हुन जान्छ ।

एनआईसी एशिया बैंकका अनुसार बैंकले २०७५ चैत २० गतेदेखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका सात सय जनाभन्दा बढी ग्राहकलाई बीमा वापत चार करोड ३० लाखभन्दा बढी रुपैयाँ सहज रुपमा भुक्तानी गरिसकेको छ ।

‘यदि तपाईँले यही योजना भएको बीमा गर्न जानु भएमा बीमा कम्पनीलाई पाँच वर्ष अवधिका लागि कम्तिमा चार लाखसम्म बिमा शुल्क (प्रिमियम) वापत भुक्तानी गर्नुपर्ने हुन्थ्यो, जबकी यो बैंकमा सर्वोत्कृष्ठ बचत खाता खोल्दा निःशुल्क रूपमा उक्त बीमा सुविधा उपलब्ध भइरहेको छ । बैंकले आफ्ना ग्राहकलाई अहिलेसम्म चार करोड ३० लाखभन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको तथ्याङ्कले पनि यसबाट ग्राहकहरू लाभान्वित भइरहेको पुष्टि हुन्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भन्छन् ।

बैंकले दिएको जानकारीअनुसार सोही योजनाअन्तर्गत ग्राहकले पाँच वर्षको सम्पत्ति अभिवृद्धि (वेल्थ म्याक्सिमाइजेसन) अन्तर्गत तीन लाख ९७ हजार रुपैयाँबराबरको लाभ प्राप्त गर्न सक्छन् । यसअन्तर्गत बैंकले पाँच वर्षका लागि निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर चार्ज, पोर्टफोलियो म्यानेजमेन्ट सेवामा ५० प्रतिशत छुट, स्विप इन– स्विप आउट ब्याजदरलगायतका फाइदा देखिएका छन् ।

स्विप आउट सुविधा : बचत खातामै मुद्दती निक्षेपको ब्याज

खातावालाको मेहनतको कमाइमा उच्चतम प्रतिफल दिने सोचअनुरुप नै बचत खातामा मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना अघि सारिएको छ । जसलाई बैंकले स्विप इन–स्विप आउट नाम दिएको छ ।

यो सुविधाअन्तर्गत खातावालाको खातामा दुई लाखभन्दा बढी रुपैयाँ भएमा, उक्त रकमलाई १० हजार रुपैयाँले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ । सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइने छ । यसबाट खातावालाले बचत खातामा प्राप्त गर्ने ब्याजभन्दा थप ४३ प्रतिशत बढी ब्याज आर्जन गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।
‘यसले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्छन् । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम खातावालाको आवश्यकताअनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था गरिएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

कर्जा सुविधामा २ लाख ८३ हजार फाइदा

बैंकले सर्वश्रेष्ठ बचत खाताधारीहरूलाई प्रदान गर्ने तीन कर्जा सम्बन्धी फाइदाअन्तर्गत खाताधारीले दुई लाख ८३ हजार रुपैयाँभन्दा बढीको फाइदा पाउन सक्छन् । यस अन्तर्गत सर्वश्रेष्ठ बचत खाताको पूर्व स्वीकृत कर्जामा खातावालाले आफ्नो बचत खाताको तीन महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा शुन्य दशमलब २५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ‘यसअनुसार खातावालाको तीन महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था हामीले नेपालमै पहिलो पटक व्यवस्था गरेका हौं,’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले थपे ।

‘डिजिटल तथा ट्रान्जेक्सन बैंकिङमा करिब १ लाखको फाइदा

बैंकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, चेक क्लियरिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवम् मेरो शेयर शुल्कसहितका बैंकिङ प्रणालीमा उपयोग हुने नियमित डिजिटल र अन्य कारोबार (ट्रान्जेक्सन बैंकिङ) मा समेत करिब एक लाख रुपैयाँको फाइदा प्राप्त हुने जानकारी दिएको छ । बैंकले पाँच वर्षका लागि ती सेवालाई निःशुल्क र अन्य छुटसहितको १८ फाइदा प्रदान गर्ने जनाएको छ ।

यो बचत योजनामा आबद्ध भइसकेपछि बचत खातासँगै पाँच वर्षका लागि निःशुल्क प्राप्त हुने २४ सर्वश्रेष्ठ फाइदाका साथै बैंकका तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, एक सय विस्तारित काउन्टर एवम् ८१ शाखारहित बैंकिङ जस्ता सम्पूर्ण भौतिक सञ्जाल एवम् बैंकको डिजिटल च्यानलमार्फत आफ्नो बैंकिङ आवश्यकता सहज एवं सरल रुपमा पूरा गर्न सकिने बैंकले बताएको छ ।

बैंकका ग्राहकले एनआइसी मोबैंक, आईसर्भ, आईटच तथा वेबसाइटसहित डिजिटल बैंकिङमार्फत् खातावालाले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सकिने समेत जानकारी गराएको छ ।

यो मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालय, चार सय ७३ एटिएम, एक सय वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मका आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकिङ्ग सेवा दिन एनआईसी एशिया बैंक सफल भएको छ ।

टिप्पणीहरू