श्रीलंकामा एकपछि अर्को संकट

श्रीलंकामा एकपछि अर्को संकट

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा हिजोदेखि ऊर्जा संकट थपिएको छ । मुलुकभर कम्तिमा १० घण्टाको लोडसेडिङ शुरु भएपछि चरम ऊर्जा संकट देखिएको हो ।

श्रीलंकामा उत्पादन हुने बिजुलीमध्ये ४० प्रतिशत जलविद्युतबाट प्राप्त हुन्छ । बाँकी ६० प्रतिशत डिजेल र कोइलाबाट उत्पादन गरिन्छ । जलविद्युत पनि लामो समयदेखिको खडेरीका कारण जलाशयमा पानी भरिएको छैन ।

विदेशी मुद्राको सञ्चिती घटेकाले विदेशबाट कोइला र तेल आयातमा कटौती गरिएको छ ।

टिप्पणीहरू