सार्वजनिक यातायातको भाडा बढ्यो
सरकारले अन्तरप्रदेश चल्ने लामो दुरीको सार्वजनिक यातायातको भाडा बढाएको छ । लामो दुरीको भाडादर १५ प्रतिशतसम्म बढाइएको हो ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।
पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेकाले भाडा बढाउन यातायात मन्त्रालयमा आग्रह गर्दै आएका थिए ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/final.२०७८-१२-१७-अन्तर-प्रदेश-भाडादर.pdf”]
सरकारले यो वर्ष दुई पटक सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । गत असार २७ गते लामो दूरीमा चल्ने सवारी साधनको भाडादर एकमुष्ठ २८ प्रतिशतले बढाएको थियो । त्यसैगरी, छोटो दूरीमा चल्ने सवारी साधनको २३ प्रतिशतले बढाइएको थियो ।
टिप्पणीहरू